arrow
ADVERTISEMENT

दुई किशोरी बेपत्ता भएको १४ दिनपछि भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
baglung_district.png

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुशल फेला परेका छन् ।

बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए ।

उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो ।

बेपत्ता अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए ।

सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ