arrow
ADVERTISEMENT

जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
bbr-05-28.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना भएको बताएका छन् । नेपाली भुईँ तहको जनता लाखौँ सङ्ख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताए ।

उनले सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरू राज्य निर्माणमा सहभागी भएका बताए । जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको बताए । 

उनले भने, ‘जनयुद्ध भनेको नेपाल राज्य बने यताको सबैभन्दा ठूलो परिघटना हो । नेपाली भुईँ तहको जनता त्यो लाखौँ, पचासौँ लाखको हिसाबले कुनै अभियानमा सहभागी भएको थियो भने कि त सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरू राज्य निर्माणमा सहभागी भएका थिए । कि त माओवादी जनयुद्धकै क्रममा देशभरकै सम्पूर्ण तह र तप्काका जनता सहभागी भएको थियो । त्यसले यस्तो परिघटनाले संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको छ । समाजमा ठिक र बेठिकको लडाइँ निकै चल्छ । तपाईँहरूले यसको मूल्याङ्कन गर्ने हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ