arrow
ADVERTISEMENT

कमजोर परेपछि ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
harris-trump-24-9-11.jpg

काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमलादेवी ह्यारिससँगको अर्को राष्ट्रपतिको निर्वाचनको बहसमा भाग नलिने घोषणा गरेका छन् । 

ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरे पनि सर्वेक्षणले भने ह्यारिसले जितेको देखाएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन् । अहिलेसम्मका सर्वेक्षणहरुमा दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।  

पूर्वराष्ट्रपतिले अध्यागमन र मुद्रास्फीति जस्ता विषयमा पनि छलफलमा विस्तृत रूपमा छलफल भइसकेकाले अब अर्को बहसको आवश्यकता नरहेको बताएका छन् । 

बाइडेन प्रशासनमाथि हमला गर्दै उनले देशलाई ध्वस्त पारेको र यसबारे बहसमा पनि कुरा भइसकेको बताए । उनले भनेका छन्, जब एक पेशेवर बक्सर हार्छ, उसले सधै भन्छ कि म पुनः खेल चाहन्छु । मैले कमला ह्यारिसविरूद्ध बहस जितेको छु र ह्यारिसले बहस हारेपछि तुरुन्तै अर्को बहसको माग गरेकी थिइन् ।’

ट्रम्पले ह्यारिसले फक्स न्यूजको बहसमा भाग नलिने र एनबीसी र सीबीएस बहसमा पनि भाग लिन अस्वीकार गरेको आरोप लगाए । 

अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ५ मा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ