arrow
ADVERTISEMENT

‘शाम्बाला’ नेपालबाट ओस्कार अवार्डमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
shambhala-2081.jpg

काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ ।

नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने बिहीबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनै पनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । 

ओस्कार अवार्डको ९७औँ संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदैछ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवसमेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ । 

यस फिल्मको केही दिनअघिमात्र काठमाडौँमा बलिवुडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ