arrow

सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशी हाइड्रोलाई कर्मचारीको अल्टिमेटम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
upper-tamakoshi-hydro-front-side.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशी हाइड्रोपावर लिमिटेड स्थानीय दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले अल्टिमेटम दिएको छ । 

आज अपर तामाकोशीका प्रमुख कार्यकारी अधिकृतलाई अल्टिमेटम पत्र बुझाउँदै कर्मचारीहरुले कम्पनी व्यवस्थापनसँग गरिएको सहमतिअनुसार सेवा सुविधामा विभेद नगरी आफ्ना मागहरु असोज ३ गतेभित्र पूरा गर्न अल्टिमेटम दिएका हुन् । 

उनीहरुले दोलखा जिल्ला बाहिरको कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधा नघटाइ दोलखा जिल्लाबासी र दोलखा जिल्ला बाहिरका सबै कर्मचारीहरुमा दिने सेवा सुविधामा समानता गर्ने सम्बन्धमा व्यवस्थापन पक्ष, कर्मचारी र क्रियाशील ट्रेड युनियनहरुबीच पटक पटक छलफल भइ व्यवस्थापन पक्षले उक्त विषयलाई यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन नगरेको र खाइपाइ आएको सुविधासमेत कटौती गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  

आगामी असोज ३ गतेभित्र सेवा सुविधा नपाए संघर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी समितिले दिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ