arrow

अन्तिम घडीको आत्मघाती गोलले हारबाट जोगियो रोनाल्डोको अल नासर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
alnasar-ronaldo-24-9-13.jpg

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा अल नासर अल अहलीसँग १–१ गोलले बराबरीमा रोकिएको हो ।

अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थियो । त्यस्तै अल अहलीका लागि खेलको ५४ औँ मिनेटमा फ्र्यांक किस्सेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यो क्रिष्टियानो रोनाल्डोको अल नासरको यस सिजनमा दोस्रो बराबरी हो । यो खेलमा रोनाल्डोले कुनै चमत्कार गर्न सकेनन् । यो खेलपछि ३ खेलमा ५ अंक भएको छ । त्यस्तै अल अहलीको ३ खेलमा ४ अंक रहेको छ ।
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ