arrow
ADVERTISEMENT

दुई वर्षको द्वन्द्वको दौडानमा सयौँ कैदीहरू साटासाट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
russia-ukraine-war-wall-steet-journal.jpg

काठमाडौँ । रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको छ । 

सम्झौताअनुसार दुबैतर्फका बराबर सङ्ख्या गरी कुल २०६ बन्धक सैनिकको शनिबार आदानप्रदान गरिएको छ ।

रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका युक्रेनी सेनाको आदानप्रदान भएको हो । 

युक्रेनी पक्षबाट यसबार तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन । 

रुसी रक्षा मन्त्रालयले भनेको छ, “वार्ता प्रक्रियाको परिणामस्वरुप कुस्र्क क्षेत्रमा पक्राउ परेका १०३ जना रूसी सैनिकलाई किएभ प्रशासनको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ ।

त्यसको बदलामा युक्रेनी सेनाका १०३ जना युद्धबन्दीलाई सुपुर्दगी गरिएको थियो ।

“अहिले सबै रुसी सैनिक बेलारुस गणराज्यको भूमिमा छन्, जहाँ उनीहरूलाई आवश्यक मनोवैज्ञानिक र चिकित्सा सहायता प्रदान गर्नुका साथै उनीहरूका आफन्तसँग सम्पर्क गर्ने अवसर प्रदान गरिएको छ,” मन्त्रालयले भनेको छ।

जारी शत्रुताको बावजुद, रूस र युक्रेनले संयुक्त अरब इमिरेट्स, साउदी अरब वा टर्कीको मध्यस्थतामा साढे दुई वर्षको द्वन्द्वको दौडानमा सयौँ कैदीहरू साटासाट गरेका छन्।

युएईको मध्यस्थतामा भएको आदानप्रदान सम्झौतामा रूस र युक्रेनबीच दुबै तर्फका बराबर गरी कुल २३० युद्धबन्दी साटासाट गरेको तीन हप्तापछि यो घोषणा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ