arrow

इन्द्रजात्रा शुरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
indrajatra-2081-5-30-(16).jpg

काठमाडौँ । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा  प्रारम्भ भएको छ । हनुमानढोकामा इन्द्रध्वजा सहितको लिंगो  बिहान ८ बजेर २६ मिनेटमा ठड्याएपछि जात्रा शुरु भएको हो । 

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।  

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । 

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । 

उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । 

indrajatra-2081-5-30 (1).jpg
indrajatra-2081-5-30 (2).jpg
indrajatra-2081-5-30 (3).jpg
indrajatra-2081-5-30 (4).jpg
indrajatra-2081-5-30 (5).jpg
indrajatra-2081-5-30 (6).jpg
indrajatra-2081-5-30 (7).jpg
indrajatra-2081-5-30 (8).jpg
indrajatra-2081-5-30 (9).jpg
indrajatra-2081-5-30 (10).jpg
indrajatra-2081-5-30 (11).jpg
indrajatra-2081-5-30 (12).jpg
indrajatra-2081-5-30 (13).jpg
indrajatra-2081-5-30 (14).jpg
indrajatra-2081-5-30 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ