arrow
ADVERTISEMENT

इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकट बराल प्यानलसहित विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
engineers-association-baral-81.jpg

काठमाडौँ । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए ।

२५ सदस्यीय एसोसिएसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेन बाहिरका विजयी भएका छन् । एसोसिएसनको मतदान शुक्रबार भएको थियो भने आइतबार बिहान मात्र मत गणना सकिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ