arrow

भाइरल इन्फेक्सनले थलिए रोनाल्डो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
ronaldo-weep-alnasar-24-afp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउने भएका हुन् ।

इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन् । अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको हो ।

अल नासरले सोमबार राति अल शोर्टासँग उसको घरेलु मैदानमा खेल्दैछ ।

हालै आफ्नो ९०० गोल पुरा गरेका रोनाल्डो सक्रिय फुटबल खेलिरहेका बेला भाइरलका कारण उनको खेलमा ब्रेक लागेको छ । अल नासरले उनी केही दिनको आरामपछि टिममा फर्किने बताएको छ ।

रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ