arrow
ADVERTISEMENT

माओवादीले अवरोध नहटाउने भएसँगै संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
cabinet-81-5-30.jpg

काठमाडौँ । सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको संसद बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउँदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

यसअघि आज संसद खोल्नेबारेमा सभामुखले प्रयास गरिरहे पनि माओवादी भने आफ्नो अडानबाट पछि नहट्ने बताएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ