arrow
ADVERTISEMENT

सुनको मूल्य हालसम्मकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । 

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएकाे छ जबकी आइतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ