arrow
ADVERTISEMENT

लक्ष्य अनुसार उठ्दैन कर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
tax-office-baglung.jpg

बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपि कर सङ्कलन भने उल्लेख्य रुपमा बढेको छ । 

हरेक आर्थिक वर्षमा लक्ष्यको ७९ देखि ८० प्रतिशत मात्रै कर सङ्कलन भएको छ । केहीवर्ष अघि शतप्रतिशतभन्दा धेरै कर सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ म रु एक अर्ब २० करोड कर सङ्कलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन । बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अवधिमा कूल ९६ करोड ५५ लाख ७८ हजार मात्रै कर सङ्कलन भएको कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताए । 

साउन महिनामा आर्थिक कारोबार कम हुने भएकाले सङ्कलन घटेको छ । साउनमा रु एक करोड ९३ लाख संकलनको लक्ष्य राख्दा रु ९१ लाख रु ३५ हजार मात्रै सङ्कलन भएको प्रमुख श्रीवास्तवले बताए । 

आव २०७९/८० मा कार्यालयले रु एक अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गर्ने लक्ष बनाएकामा रु ९५ करोड ३१ लाख मात्रै सङ्कलन गर्न सकेको थियो ।

लक्ष्य अनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोबारमा आएको कमीलाई औँल्याउने गरिएको छ । बागलुङको हकमा सिवाइसी लघुवित्तको पोखराबाट कारोबार हुँदा यहाँ सङ्कलन हुने लाखौँ रकम सरेको हो । 

त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको छ । “सहकारीको कारोबार घट्दा कर सङ्कलन पनि घटेको छ”, प्रमुख श्रीवास्तवले भन्नुभयो । गत आर्थिक वर्ष कार्यालयले रु ६० करोड ६९ लाख आयकर सङ्कलन गर्ने लक्ष्य राखेकामा रु ५१ करोड ४९ लाख सङ्कलन भएको छ ।

त्यस्तै भ्याटतर्फ रु ३३ करोड ४७ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २७ करोड ५० लाख मात्रै सङ्कलन भएको छ ।

अन्तशुल्कतर्फ रु पाँच करोड चार लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार करोड २० लाख मात्रै सङ्कलन भएको छ । 

सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकाले कर सङ्कलन हुन सकेको छैन । त्यस बाहेक असार मसान्तसम्ममा कैयौँ विकास निर्माण सम्पन्न नभएकाले कर सङ्कलनमा ढीलाइ भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ