arrow

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीसहित उच्च पदस्थले गरे इन्द्रजात्रा अवलोकन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
ramchandra-oli-indrajatra-81-6-1.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।

उनलाई काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन् । मेयर वालेन्द्र साह बालेन भने इन्द्रजात्रामा सहभागी नै भएनन् ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । 

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीहरू, सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए ।

इन्द्रजात्राको प्रमुख दिन हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा भन कडाइ गरिएको थियो । देशका प्रमुखहरूको उपस्थिति भएका हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

वर्षा र सहकालका देवताका रुपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ ।

यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । तर निजी विद्यालय, क्याम्पस लगायत निजी कार्यालयहरु भने खुलेका थिए । 
 

indrajatra-ramchandra-81-6-1 (1).jpg
indrajatra-ramchandra-81-6-1 (2).jpg
indrajatra-ramchandra-81-6-1 (3).jpg
indrajatra-ramchandra-81-6-1 (4).jpg
indrajatra-ramchandra-81-6-1 (5).jpg
indrajatra-ramchandra-81-6-1 (6).jpg
indrajatra-ramchandra-81-6-1 (7).jpg
indrajatra-ramchandra-81-6-1 (8).jpg
indrajatra-ramchandra-81-6-1 (9).jpg
indrajatra-ramchandra-81-6-1 (10).jpg
indrajatra-ramchandra-81-6-1 (11).jpg
indrajatra-ramchandra-81-6-1 (12).jpg
indrajatra-ramchandra-81-6-1 (13).jpg
indrajatra-ramchandra-81-6-1 (14).jpg
indrajatra-ramchandra-81-6-1 (15).jpg
indrajatra-ramchandra-81-6-1 (16).jpg
indrajatra-ramchandra-81-6-1 (17).jpg
indrajatra-ramchandra-81-6-1 (18).jpg
indrajatra-ramchandra-81-6-1 (19).jpg
indrajatra-ramchandra-81-6-1 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ