arrow

धुमधामले मनाइँदै संविधान दिवस, दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
stage-darbarmarg-81-6-2.jpg

काठमाडौँ । यसपालिको संविधान दिवस धुमधामले मनाइने भएको छ । विभिन्न कार्यक्रम गरी सरकारले संविधान दिवस धुमधामले मनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको छ । 

संविधान दिवसको पूर्वसन्ध्यामा विरोधका आवाज भने बढिरहेकै छन् । बुधबार राजधानीको रत्नपार्क वरपरको क्षेत्र निकै नै अस्तव्यस्त भयो । संविधान दिवसको विरोध गर्ने समूहले जुलुस निकालेसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । 

यसैबीच दरबारमार्गमा बिहीबार ‘नेशनल डे कन्सर्ट’ हुने भएको छ । त्यसका लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ । योसँगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।


 

constitution-day-concert-81-6-2 (1).jpg
constitution-day-concert-81-6-2 (2).jpg
constitution-day-concert-81-6-2 (3).jpg
constitution-day-concert-81-6-2 (4).jpg
constitution-day-concert-81-6-2 (5).jpg
constitution-day-concert-81-6-2 (6).jpg
constitution-day-concert-81-6-2 (7).jpg
constitution-day-concert-81-6-2 (8).jpg
constitution-day-concert-81-6-2 (9).jpg
constitution-day-concert-81-6-2 (10).jpg
constitution-day-concert-81-6-2 (11).jpg
constitution-day-concert-81-6-2 (12).jpg
constitution-day-concert-81-6-2 (13).jpg
constitution-day-concert-81-6-2 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ