arrow

संविधान दिवसको उपहार, नागरिकलाई निःशुल्क धरहरा प्रवेश [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
dharahara-81-6-3ua.jpg

काठमाडौँ । मुलुकले आज संविधान दिवस मनाइरहँदा राजधानीमा उपलब्ध नागरिकले उपहार पाएका छन् । नागरिकले २०७२ सालको गोरखा भूकम्पले ढलाएको धरहरा पुननिर्माणकै क्रममा रहेका बेलामा निःशुल्क धरहरा चढ्ने उपहार पाएका हुन् । 

दैनिक पाँच सय जनलाई निःशुल्क धरहरामा जान दिइने पनि बताइएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा आंशिक रुपमा मात्र सञ्चालन गर्न लागिएको बताएका छन् । 

हाल अनलाइन मार्फत बुक गर्ने ५०० जनाले मात्र दैनिक धरहरा चढ्न पाउने उपप्रधानमन्त्री सिंहले बताए । प्रधानमन्त्री  केपी शर्मा ओलीले २०७८ बैशाख ११ गते उद्घाटन गरेको धरहरा साढे तीन वर्षपछि बल्ल सर्वसाधारणका लागि खुला गरिएको हो ।

यो खुला पनि नियमित भने अझै हुने छैन । यसलाई कुनै पनि बेला फेरि बन्द गरिन सक्छ । ६ पटकसम्म  म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्घाटन भएको हो । 

भूकम्पको एक दशकसम्म पनि पुनःनिर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन भएको हो । २०७२ को बैशाख १२ गते गोरखा भूकम्पमा परी भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ । 

यो आयोजना  पुनःनिर्माण प्राधिकरणको समय सीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ । 

dharahara-81-6-3u (1).jpg
dharahara-81-6-3u (2).jpg
dharahara-81-6-3u (3).jpg
dharahara-81-6-3u (4).jpg
dharahara-81-6-3u (5).jpg
dharahara-81-6-3u (6).jpg
dharahara-81-6-3u (7).jpg
dharahara-81-6-3u (8).jpg
dharahara-81-6-3u (9).jpg
dharahara-81-6-3u (10).jpg
dharahara-81-6-3u (11).jpg
dharahara-81-6-3u (12).jpg
dharahara-81-6-3u (13).jpg
dharahara-81-6-3u (14).jpg
dharahara-81-6-3u (15).jpg
dharahara-81-6-3u (16).jpg
dharahara-81-6-3u (17).jpg
dharahara-81-6-3u (18).jpg
dharahara-81-6-3u (19).jpg
dharahara-81-6-3u (20).jpg


नयाँ