arrow

टुँडिखेलमा संविधान दिवसको खुशी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
tundikhel-constitution-day-.jpg

काठमाडौँ ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारले सो अवसरमा बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । 

संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनसमेत गरेका छन् । 

उक्त अवसरमा उच्च पदस्थ एवं कूटनीतिक नियोगका पदाधिकारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । संविधान दिवसमा सुरक्षा निकायसँगै विभिन्न संघ संस्थाले गरेको प्रदर्शन हेर्न नागरिकको पनि उल्लेख्य सहभागीता रहेको थियो । 

संविधान दिवसको अवसरमा साँझ राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि  विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रमसमेत भएका छन् । 

नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । 

पैँतीस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।

संविधान दिवसकै खुशीयालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस सांगीतिक प्रस्तुतिसमेत हुँदैछ ।

यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् ।

सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ । 

tundikhel-constitution-day-81p (1).jpeg
tundikhel-constitution-day-81p (1).jpg
tundikhel-constitution-day-81p (2).jpg
tundikhel-constitution-day-81p (3).jpg
tundikhel-constitution-day-81p (4).jpg
tundikhel-constitution-day-81p (5).jpg
tundikhel-constitution-day-81p (6).jpg
tundikhel-constitution-day-81p (7).jpg
tundikhel-constitution-day-81p (8).jpg
tundikhel-constitution-day-81p (9).jpg
tundikhel-constitution-day-81p (10).jpg
tundikhel-constitution-day-81p (11).jpg
tundikhel-constitution-day-81p (12).jpg
tundikhel-constitution-day-81p (13).jpg
tundikhel-constitution-day-81p (14).jpg
tundikhel-constitution-day-81p (15).jpg
tundikhel-constitution-day-81p (16).jpg
tundikhel-constitution-day-81p (17).jpg
tundikhel-constitution-day-81p (18).jpg
tundikhel-constitution-day-81p (19).jpg


नयाँ