arrow

वातावरणीय अपराध नियन्त्रण गर्न सकारात्मक सहकार्य आवश्यक : वनमन्त्री ठकुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
ain-bahadur-shahi-81-3-31.jpg
फाइल तस्बिर

जनकपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वनजन्य अपराध नियन्त्रणका लागि सबैको सिर्जनात्मक र सकारात्मक सहयोग आवश्यकपर्ने बताएका छन् । 

वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी विवादमा न्यायिक दृष्टिकोण’ विषयक गोष्ठीमा उनले वन तथा वातावरणीय अपराध नियन्त्रणका लागि राज्यका सबै निकायको तालमेल हुनुपर्नेमा जोड दिए । 

“वन र वातावरणीय अपराध नियन्त्रण गर्न न्यायालयदेखि जनतासम्म सबैको अहम भूमिका अपरिहार्य छ,” मन्त्री ठकुरीले भने, “सरकार वातावरणीय न्याय कायम गर्दै वातावरण क्षेत्रबाट जनता र राज्यको आम्दानी समेत बढाएर आर्थिक विकास गर्न चाहन्छ ।” 

उनले ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगटेको देशको वातावरण क्षेत्रमा लगानीमैत्री वातारण निर्माण गर्न सबैको सकारात्मक र रचनात्मक सहयोग खाँचो रहने बताए । 

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा जारी रहेको दुई दिने सो कार्यशालामा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो, मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहसहितका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ