arrow

रोनाल्डोको गोलमा इत्तिफाकमाथि अल नासरको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
alnasar-ronaldo-24-9-20.jpg

काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, सलेम अल नाजदी र टालिस्काले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा अल नासरको दोस्रो जित हो । २ खेल बराबरी खेलेको अल नासरको ४ खेलमा ८ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै अल इत्तिफाकको भने यस सिजनमा यो पहिलो हार हो । ४ खेलमा इत्तिफाकको ९ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ