arrow

घुस्याहासँगै ५८ जनासँग शारीरिक सम्पर्क राखेकी चिनियाँ ‘ब्युटिफुल गभर्नर’ लाई १३ वर्षको जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
jhong-yang-china-bribe-sex.jpg

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिबाना पनि लगाइएको छ । 

५२ वर्षीया झोङ याङ ७१ करोड रुपैयाँ घुस लिएको र उनीसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी छिन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउका उपसचिव र गभर्नर भइसकेकी छिन् । उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन् । 

जनवरी २०२३ मा चीनको गुइझोउ रेडियोले आफ्नो रिपोर्टमा झोङसँग सम्बन्धित विवादहरू उल्लेख गरेको थियो ।

सरकारी लगानीको आडमा आफ्नो मनपर्ने कम्पनीलाई ठूला ठेक्का दिलाउन आफ्नो हैसियत प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो । एउटा मामलामा, झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाइटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएकी थिइन् । यस व्यापारीको झोङसँग घनिष्ठ सम्बन्ध थियो ।

यो सम्झौताबाट झोङलाई पनि धेरै फाइदा भयो । रिपोर्टका अनुसार, झोङले आफ्नो व्यक्तिगत सम्बन्ध भएका कम्पनीहरूलाई मद्दत गर्थिन् । अप्रिल २०२३ मा, गुइझाउ प्रान्तको सुपरिवेक्षण समितिले झोङविरुद्ध अनुसन्धानको घोषणा गर्‍यो । सो अवधिमा झोङमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो ।

यीमध्ये धेरै जसो व्यक्तिहरू थिए जसको व्यवसायबाट झोङले फाइदा उठाएकी थिइन् । कतिपयमा झोङ याङसँग काम गर्ने व्यक्तिहरू पनि थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार झोङले यी व्यक्तिहरूलाई व्यापार यात्रा वा ओभरटाइमको बहानामा भेट्ने गर्थिन् । झोङलाई गत वर्ष अप्रिलमा पक्राउ गरिएको थियो ।

यसपछि, सेप्टेम्बर २०२३ मा, चीनको सिन्ह्वा समाचार एजेन्सीले आफ्नो रिपोर्टमा झोङलाई कम्युनिष्ट पार्टी र नेसनल पिपुल्स कंग्रेसबाट निष्कासन गरिएको बताएको थियो । 

उनीमाथि बनेको डकुमेन्ट्रीमा झोङ याङले आफूले गरेको कामप्रति पश्चाताप भएको बताएकी छिन् । उनी अब आफ्ना सहकर्मी, परिवार र राजनीतिक नेताहरूसँग आँखा जुधाएर सम्पर्क गर्न सक्दैनिन् ।

ु‘मैले सोचेँ कि यस तरिकाले मलाई राजनीतिक मुद्दाहरूमा मद्दत गर्न केही भरपर्दो व्यवसायीहरू पाइन्छन्’,ु झोङले भनिन्, ‘मेरा आमाबाबुले मलाई काममा इमानदार हुन सल्लाह दिए, तर मैले उनीहरूको कुरा सुनिन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ