arrow
ADVERTISEMENT

दुर्गा प्रसाईं पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
durga-prasai-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । 

प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । प्रसाईंविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् ।

उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उनलाई आज पक्राउ गरिएको हो ।”

उनलाई भक्तपुर ठिमीस्थित कमेरोटारको आफ्नै निजी निवासबाट सीआईबीले पक्राउ गरेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ