arrow

उपलब्धिको रक्षा गर्ने गरी संविधान संशोधन भए सहयोग गर्न माओवादी तयार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
narayankaji-06-07.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई कुनै पनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए आफूहरूको पूरा सहयोग रहने बताए । उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दा खेरी र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताए । 

उनले सबै सहमत भएको अन्तर्वस्तु तर बुँदाहरू, धाराहरू मिलाउँदा नमिलेको कुराहरूमा अहिले सहमति जुटाउन सकिने बताए । उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्याय थप्ने गरी अघि बढ्नुपर्ने बताए । वर्तमान सरकार बन्ने प्रसङ्गसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको बताए । उनले समावेशी, समानुपातिक पक्षहरूमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरूले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताए । 

उनले भने, ‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ । एउटा संविधान जारी गर्दा खेरी नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिब करिब स्वीकार गरेको त्यही तार्किक सङ्गति पनि नमिलेको केही पक्षहरू छन् । हामी सबै सहमत भएको अन्तर्वस्तु तर बुँदाहरू, धाराहरू मिलाउँदा एक अर्कासँग मिल्ने गरी, सरल ढङ्गले सबैले स्पष्ट हुने गरी केही समस्याहरू छन् । त्यसलाई मिलाउँ । जहाँ हामी विभिन्न पार्टीहरूले विभिन्न दृष्टिकोण राखेका छौँ, त्यो बारेमा फेरि छलफल गरौँ । हामी कहाँसम्म जान सक्छौँ । तेस्रो अहिलेको परिस्थिति, हाम्रो अनुभवले, हाम्रो ज्ञानले के भन्छ, हाम्रो संविधानलाई राम्रो संविधान बनाउन परिष्कृति र परिमार्जन गरेर नयाँ अध्यायहरू के बनाउन सक्छौँ, त्यसबारेमा छलफल गरौँ र सकारात्मक दिशातिर लैजाऔँ । संविधान संशोधनको बारेमा दुई वटा कोणबाट किन मात्रै चर्चा भएको हो भने अहिलेको सरकारले बन्ने प्रसङ्गमा संविधान संशोधन गर्ने कुरा गर्दा कसले ल्याएको हो थाहा छैन, यो सरकार निर्माण गर्ने हस्ताक्षरको पत्रसँगै संविधान संशोधनको एजेन्डा भनेर जो बाहिर ल्याइयो नि त्यसले विवाद उत्पन्न गरेकै हो । अहिले सरकारमा रहेको पार्टीले र सरकारले स्पष्ट गरिसकेको छ । हामी समावेशी, समानुपातिक यो पक्षहरूमा हामी पछि हट्दैनौँ भनेर । परिमार्जन र विकास कसरी गर्ने ? अहिलेको उपलब्धिहरूलाई कुनै पनि कोणबाट कुठाराघात नगर्ने गरी परिमार्जन र विकास गर्ने गरी साझा सहमतिका आधारमा संविधान संशोधन गरौँ । त्यसमा हाम्रो सबै सहयोग रहन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ