arrow

दिनानुदिन कीर्तिमान रच्दै सुन, तोलाको एक लाख ५९ हजार दुई सयमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले वृद्धि भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ