arrow

माथिल्लो तामाकोशीका स्थानीय कर्मचारीको आन्दोलन फिर्ता, सुविधा समान गर्ने सहमति 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
upallo-tamakoshi-karmachari.jpg

दोलखा । दोलखामा सञ्चालित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा जारी आन्दोलन फिर्ता भएको छ । आयोजनाको फिल्ड कार्यालय गौंगरमा तामाकोशी हाइड्रोपावर कम्पनी पक्ष र आन्दोलनरत स्थानीय कर्मचारीहरूबीच भएको वार्तापछि आन्दोलन फिर्ता भएको हो ।

आइतबार दिनभर भएको वार्ताबाट दोलखा जिल्लावासी र जिल्लाबाहिरका कर्मचारीका सेवा–सुविधाबीचको अन्तरकम्पनी सञ्चालक समितिमा पेस गरेर २०८१ माघभित्र समाधान गर्ने सहमतिपछि आन्दोलन फिर्ता गर्ने निर्णय भएको हो ।

सहमतिपत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन गौतम र उपनिर्देशक तथा कम्पनीसचिव सुरेशराज खकुरेल, आन्दोलनरत कर्मचारीका तर्फबाट रामबहादुर खड्का, सुनतारा तामाङ र नवराज खड्काले हस्ताक्षर गरेका छन्। 

आयोजनाले कार्यरत कर्मचारीमध्ये यसअघि आयोजना निर्माणाधीन अवधिमा सबै कर्मचारीलाई सतप्रतिशत अतिरिक्त सुविधा वितरण गर्दै आएको थियो। 

आयोजना निर्माण सम्पन्न भएपछि संवैधानिक निकाय र अन्य सरोकारवाला निकायबाट संशोधन गर्न चौतर्फी दबाब बढेपछि आयोजनाले उक्त सुविधा घटाएर कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

आयोजनाको काम पूरा भएपछि २०७८ साल भदौपछि कम्पनी सञ्चालक समिति बैठकबाट आयोजनामा कार्यरत दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत मात्रै सुविधा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयन थालेको थियो । 

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ।

कम्पनीमा कार्यरत झन्डै २२३ जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ