arrow
ADVERTISEMENT

तोलाको एक लाख ६० हजार नाघ्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय तीव्र गतिमा सुनको भाउ बढिरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ