arrow

एनआईसी एसिया बैङ्कद्वारा दुई सामुदायिक विद्यालयमा पुस्तकालय उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
nic-asia-library-csr-2081.jpg

काठमाडौँ। एनआईसी एसिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका विभिन्न जिल्लामा निर्माण गरेका सामुदायिक विद्यालयका भवनहरूमध्ये दुई विद्यालयमा पुस्तकालय उद्घाटन सम्पन्न गरेको छ। बैङ्कले विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै, विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन यी पुस्तकालयहरू स्थापना गरेको हो।

कोसी प्रदेशको झापा जिल्लामा अवस्थित बुद्धशान्ती गाउँपालिका–२ को श्री आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज गाउँपालिका–३ को श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय भवनहरूको समुद्घाटन २०८१ असोज ४ गते सम्पन्न भएको थियो। सो अवसरमा बुद्धशान्ती गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ र गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलबती राजवंशीको विशेष उपस्थिति रहेको थियो। बैङ्कका कोसी प्रदेश प्रमुख दिवाकर भट्टराई सहित सम्बन्धित विद्यालयका प्रतिनिधिहरूले पनि कार्यक्रमलाई सम्बोधन गरे।

बैङ्कद्वारा निर्माण गरिएका यी पुस्तकालयहरूको सञ्चालनसँगै करिब २५०० विद्यार्थी र शिक्षकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। यसअघि, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा पनि पुस्तकालयको समुद्घाटन भइसकेको छ।

त्यसै गरी, मधेस प्रदेशको सिराहा र पर्सा, गण्डकी प्रदेशको तनहुँ, लुम्बिनी प्रदेशको रुपन्देही र बागमती प्रदेशको चितवनमा रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा पनि पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भई सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिएको छ।

बैङ्कले पुस्तकालय भवनहरूको निर्माणका लागि रु. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो। यस योजनाबाट करिब ११ हजारभन्दा बढी विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री र पाठ्य पुस्तकहरूको पहुँच सुनिश्चित भई शैक्षिक गुणस्तर सुधार हुने विश्वास बैङ्कले व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ