- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एनएमबि बैङ्कले भविष्यका बैङ्किङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबी नेक्स्टजेन बैंकिंङ लीडर्स स्कलरशिपको घोषणा गरेको छ। बैङ्कले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ।
विद्यार्थीहरूमा अग्रिम रूपमा नेतृत्व शैली विकास गर्दा बैङ्किङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैङ्कले लिएको छ। यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान् विद्यार्थीहरूमा लगानी गरी बैङ्किङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो।
विद्यार्थीहरूलाई बैङ्किङ क्षेत्रमा आवश्यक पर्ने सिप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैङ्करहरू उत्पादन गरी बैङ्किङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबि बैङ्कले लिएको छ।
दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि “बैङ्क अफदिइयर एसिया २०२१” को उपाधिबाट सम्मानित भएको बैङ्क हो। एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरिसकेको छ। एनएमबि बैङ्कले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।