arrow

अचानक पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
xking-gyanendra-shah-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार पूर्वराजा नवदुर्गा शुरु भएपछि उनी भुटानको निजी भ्रमणमा जान लागेका हुन् । 

स्रोतका अनुसार उनी घटस्थापना वा त्यसको अर्को दिन गएर फूलपातीसम्ममा फर्किसक्नेछन् । पूर्वराजाको अचानक भ्रमणबारे उनको सचिवालयले केही जानकारी दिएको छैन । 

यद्यपि पछिल्लो राजनीतिक उतारचढावबीच उनको भ्रमणलाई लिएर चासो भने व्यक्त भइरहेको छ । । उनको भ्रमणलाई निजी भ्रमण भनिए पनि उनले त्यहाँ रहँदा भुटानी राजाका साथै राजनीतिक भेटघाट गर्नेछन् । 

त्यसैगरी भुटानी विकासको बारेमासमेत उनले अवलोकन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ