arrow

सरकार पर्यटन क्षेत्रका समस्या समाधान गर्न गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
prakashman-singh-81-6-11.jpg

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन् । 

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेको बताए ।

उनले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताए । उनले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताए । 

उनले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताए । कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि कांग्रेस—एमालेको सरकार बनेको बताए । उनले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताए । 

देशमै बसेर समाज, देशलाई योगदान दिने वातावरण निर्माण गरिरहेको बताए । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ