arrow

न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन आवश्यक : सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
prakashman-shing-minister.jpg

ललितपुर । उप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दिगो विकास लक्ष्यअनुरूप न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक रहेको बताएका छन् । 

युरोपियन युनियनअन्तर्गत स्वीच एसिया परियोजनाको सहयोगमा विल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल कार्यक्रमले आयोजना गरेको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय मूल्य र मान्यता, न्यून कार्बन उत्सर्जन गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको लक्ष्यअनुरूप ऊर्जा प्रभावकारी भवन निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । 

“यसमा आबद्ध ६० वटा पालिकाले आफ्ना नीति, योजना र बजेटमा कार्यान्वयन गर्दै यसका लागि अन्य पालिकालाई पनि उत्साहित गर्नुपर्छ, दिगो विकास लक्ष्यमा पुग्न जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्छ, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न यो सान्दर्भिक छ”, उनले भने । 

कार्यवाहक प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालिरहेका सिंहले १६औँ पञ्चवर्षीय आवधिक योजनाको लक्ष्य हासिल गर्न यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै सहज जीवनयापनमा विश्वका लागि उर्जा प्रभावकारी भवन प्रविधि उपयोगी हुने धारणा राखे । 

यस प्रविधिबाट भवन निर्माण गर्नु सफा र ऊर्जा उपयोगी हुनुका साथै समृद्धिका हिसाबले पनि महत्वपूर्ण हुने उनको भनाइ थियो । 

कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले यस परियोजनालाई महत्व दिएर पोखरा महानगरले ऊर्जा प्रभावकारी भवन निर्माण कार्यविधि २०८० निर्माण गरेको बताइन् । महानगरले सरकारी भवन निर्माणमा हाल यो प्रविधि लागु गरेको जानकारी दिइन् ।

परियोजना प्रमुख डाइनिल नेयरले यो बागमती, गण्डकी र लुम्बिनीका ६० वटा पालिकामा लागू भइरहेको जानकारी गराए ।

यसका लागि हालसम्म १२ वटा पालिकाले नियमावली निर्माण गरेका र पाँच पालिका निर्माणको तयारीमा रहेको जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ