arrow

पूर्वराजा बाढी पहिरोले पुर्याएको क्षतिप्रति स्तब्ध, भन्छन् – पीडाबोध भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
xking-gyanendra-shah-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षति प्रति दुःख ब्यक्त गर्दै  नेपालीको  जीवन गुमेको, घाइते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यो बेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रीम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यति ठूलो मानवीय र भौतिक क्षति हुनु निकै नै दुःखद कुरा भएको बताएका छन् । 

उनले भनेका छन्, ‘हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू–क्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ ।’

उनले दशै तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि आफ्नो गम्भीर चासो रहेको बताएका छन् । 

साथै उनले यो स्थितिमा मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको शीघ्र उपचार हुनु पर्ने भन्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यले तदारुक प्रयत्न गर्न आग्रह गरेका छन् ।  

उनले भनेका छन्, ‘प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ती, ब्यवस्था र विकास गतिविधिले विपत्ति र विनाश मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला प्रयाप्त सहयोग, सुब्यवस्था, निगरानी पुगोस् भन्ने हाम्रो चाहना छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ