arrow

सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्याे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
gold-silver-new-hk-2081.jpg

पोखरा । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ ।

शुक्रबार प्रतितोला रु एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ४५ निर्धारण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ