arrow

एनएमबि बैङ्कद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
nmb-bank-conducts-rree-health-check-up-camp-on-world-heart-day.jpg

काठमाडौँ। एनएमबि बैङ्क लिमिटेडले बैङ्कको ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैङ्कको ग्राहकहरू र समुदायकामा रहेका सदस्यहरूलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैङ्कको बबरमहल, धरान, मिलन चोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

एनएमबि बैङ्कले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि  आवश्यक केही महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराउनुभयो। साथै, यसै कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बारे जानकारी प्रवाह गरियो।

दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि “बैङ्क अफदिइयर एसिया २०२१” को उपाधिबाट सम्मानित भएको बैङ्क हो। एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरिसकेको छ। एनएमबि बैङ्कले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ