arrow

सिप्रदियन सहायताद्वारा काठमाडौँ उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
sipridi-tata-help-desk.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका का १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका हो।

दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहरीकरणका लागि काठमाडौँमा बल्खु, नयाँ-बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चाबहिल, जावलाखेल वाफल, कलङ्की, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा,  नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको सङ्ख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरूलाई टिकट बुकिङ्गका क्रममा विभिन्न समस्याहरू र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ। उपभोक्ता सङ्घ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउने सँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी सु-सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ । साथै यसले यात्रुहरूलाई उहाँहरूकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभूति दिलाउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ