सिप्रदीयन सहायता संस्थाद्वारा बाढीपीडित मेकानिक्सलाई राहत सामग्री वितरण
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
634
Shares
काठमाडौँ। सिप्रदी कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सिप्रदीयन सहायता संस्था र सिप्रदी अटोपार्टस् प्रालिले हालैको निरन्तर वर्षाका कारण बाढीपीडित मेकानिक्सलाई राहत प्रदान गरेको छ। उपत्यकाका खोला किनारमा ज्याला मजदुरी गर्दै आएका बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न सहयोग गरिएको हो।
सिप्रदीयन सहायता संस्था र सिप्रदी अटोपार्टस् प्रालिका प्रतिनिधिहरूको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना, सिरानी, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेलसहित अन्य खाद्य तथा घरायसी सामग्रीहरू वितरण गरियो।
मनसुनी वर्षाका कारण नेपालका विभिन्न भागमा आएको बाढीले जनजीवन प्रभावित बनाएको छ भने धेरै घरपरिवार विस्थापित भएका छन्। सिप्रदीयन सहायता संस्थाले यस्ता प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्दै सामाजिक उत्तरदायित्व पुरा गरिरहेको छ।