arrow

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
rbb-cheque-pm-donate-flood-victim-2081.jpg

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैङ्कको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री ओलीले बैङ्कप्रति धन्यवाद  दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए। बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा रु एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ