arrow

अमेरिकी राष्ट्रपतिको परिणाम नयाँ नेटो प्रमुखका लागि परीक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
trump-harris.jpg

काठमाडौँ । नेटोका नयाँ प्रमुख मार्क रुटले मङ्गलबार अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको सम्भावित विजयको डरलाई कम आकलन गर्दै युक्रेनलाई समर्थन जारी राख्ने वाचा गरेका छन् । 

रुसले युक्रेनमा युद्ध जारी राखेको, चीनले आफ्नो बढ्दो शक्ति प्रदर्शन गरिरहेको र अमेरिकी मतदाताहरूले नयाँ नेता चुन्न लागेको महत्त्वपूर्ण क्षणमा पूर्व डच प्रधानमन्त्री रुटले नाटो प्रमुखको भूमिका लिएका छन् । 

नाटोको ब्रसेल्स मुख्यालयमा नर्वेका जेन्स स्टोल्टेनबर्गबाट औपचारिक रूपमा महासचिवको पदभार ग्रहण गर्दै रुटले भने, “म नाटोलाई भविष्यको चुनौतीहरूका लागि तयार पार्न प्रतिबद्ध छु ।”

नोभेम्बर ५ मा हुने अमेरिकी मतदानको परिणाम ५७ वर्षीय स्पष्टवादी नेता रुटका लागि पहिलो ठूलो परीक्षा हुनेछ र यसले उनको प्रारम्भिक चार वर्षे कार्यकाललाई आकार दिनेछ । 

चुनाव प्रचारका क्रममा पूर्वराष्ट्रपति ट्रम्पले पर्याप्त रक्षा खर्च नगर्ने नाटो सदस्यहरूको रक्षा नगर्ने धम्की दिएका छन् र युक्रेनमा युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै सम्झौता गर्ने वाचा गरेका छन् । 

“म चिन्तित भएको छैन । म दुवै उम्मेदवारलाई राम्रोसँच चिन्छु । मैले डोनाल्ड ट्रम्पसँग चार वर्ष काम गरेँ । हामीलाई थप खर्च गर्न दबाब दिनुहुने उन नै हो र उनले त्यो हासिल गर्नुभयो”, रुटले भने, “निर्वाचनको परिणाम जे भए पनि म दुवैसँग काम गर्न सक्नेछु ।”

अमेरिकाको कट्टर सहयोगी र युक्रेनको दृढ समर्थक अनुभवी डच राजनीतिज्ञ रुटलाई नाटोका ३२ मुलुकले चयन गरेका छन् । उनले किएभलाई समर्थन र रुसविरुद्ध गठबन्धनको आफ्नै रक्षा सृदृढ गर्ने प्रयासहरूलाई निरन्तरता दिनेछन् । 

“तपाईंको नेतृत्वमा नाटो सुरक्षित हातमा हुनेछ”, स्टोल्टेनबर्गले भने । उनले नाटो गठबन्धनलाई यसको सबैभन्दा अशान्त दशकहरूमध्ये एकबाट मार्गदर्शन गरेका छन् । 

रुटले ‘पहिलाभन्दा बलियो, ठूलो र अधिक दृढ नाटो सिर्जना गर्ने हाम्रो कामलाई निरन्तरता दिनुहुने’ अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए । 



नयाँ