arrow

पूर्व सांसद इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियाेसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
aama-timri-indhara-bista.jpg

पोखरा । गण्डकी प्रदेशसभाका पूर्व सांसद एवम् गीतकार ईन्द्रधारा बिष्टको नयाँ गीत ‘आमा तिम्रो’ सार्वजनिक भएको छ ।

नेपालीको महान पर्व बडादशैँअन्तर्गत घटस्थापनाका दिनमा गीत सार्वजनिक गरिएको हो । गीत नीरा थापा मगरको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा विश्व डोङको स्वर र संगीत छ । साथै भिडियोमा सुभास राई र नीरा थापा मगरको अभिनय छ । गीतको म्युजिक भिडियोलाई एसटु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

बिष्ट पछिल्लो समय सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई समेत समेटेको छ ।

आमाप्रति सम्मान गर्दै गीत निर्माण गरिएको उनले बताए । बिष्टले आमाको सम्झनालाई आत्मसात् गर्दै गीत लेखेको सुनाए ।

बिष्टले एक वर्ष अघि सार्वजनिक गरेको गीत ‘मुस्ताङे नानी’ लाई निकै रुचाइएको थियो । युटुबमा उक्त गीतलाई हेर्नेको संख्या १७ लाख माथि छ । मुस्ताङे नानी जस्तै नयाँ गीतलाई पनि दर्शकले मन पराउनेमा उनी आशावादी छन् ।

मुस्ताङ जिल्लाको लोमान्थाङ र कोरला नाकाको वरिपरि छायाँकन गरिएको छ । गीतले लोमान्थाङको पर्यटन प्रवर्द्धमा समेत टेवा पुग्ने विश्वास बिष्टको छ । अपर मुस्ताङको रहनसहन र सामाजिक अवस्थालाई समेत गीतमार्फत दर्शाउन खोजिएको उनले बताए ।

यस्तो छ ‘आमा तिम्रो’

 



नयाँ