arrow

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेन्ज अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
sipradi-dxide-mega-dashain-festive-offer-2081.jpg

काठमाडौँ। एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरू साट्दा ३०५ देखि ५०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने १२० जना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ। लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ।

नजिकिँदै गरेको चाडपर्वलाई अझै विशेष रूपमा मनाउनका लागि तथा ग्राहक वर्गमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेन्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ। व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ