arrow

'ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड' को पदयात्रा सम्बन्धी वृत्तचित्र [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
traiil-great-himalaya.jpg

काठमाडौँ । 'ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड' को पदयात्रा सम्बन्धी वृत्तचित्र बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गरिएको छ। त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागका उप-प्रा. डा. राजन विनायक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माविका शिक्षक लिलाबहादुर विश्वकर्माले गत वर्ष कात्तिक १३ गते शुरु गरेर  २७ जिल्ला ४१ दिनमा पार गरेका थिए । 

छोटो समयमै यात्रा पार गर्न,पदयात्रा गर्न चाहने पदयात्रीलाई आकर्षित गर्न, सो रुटमा पर्ने स्थानीयको जनजीविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृतचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा गरेका थिए ।

वृतचित्र निर्माता राजन विनायक पासाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगर, विशेष अतिथी पर्वतारोही माया गुरुङ, ग्रामीण पर्यटनविद् प्राडा प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्बुजा, पर्यटनविद् भरतप्रसाद बडाललगायत पर्यटन व्यवसायी तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौ भन्ने हुटहुटीले गरेको महान पदयात्राको लागी प्रसम्शा गर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गरिन् । 

पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम ब्यक्तिले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुःखेसो गर्दै राज्यले पर्यटनसँग सम्बन्धित काम गर्दा पर्यटन विज्ञसँग मिलेर काम गरे फलदायी हुने विचार राखिन् ।

प्राडा प्रेम शर्माले २१ औँ शताब्दीमा शिक्षण पेशा व्यावहारिक बनाउनु पर्ने बताउँदै यस्ता वृत्तचित्रले नयाँपुस्तामा आकर्षण बढ्ने बताए। 

कार्यक्रममा पदयात्री लिलाबहादुर विश्वकर्माले पदयात्राको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै पदयात्री तथा वतचित्र निर्माता डा राजन विनायक पासाले सम्पूर्ण अतिथीलाइ मौसमको विषमता हुँदाहुँदै पनि आएका सम्पूर्ण दर्शक तथा अतिथिहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कामलाई निरन्तरता दिने बताए । 

कार्यक्रमको सन्चालन दुर्गाराज पान्डेले गरेका थिए । 


 



नयाँ