arrow

नागरिकको हितमा ध्यान दिन सरकारलाई कोशी कांग्रेसको माग

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ असोज १७ बिहिबार
congress-koshi-11113.jpg

मोरङ । नेपाली कां‌ग्रेसले हालैको प्राकृतिक विपत्तिबाट प्रभावितहरुको तत्काल उद्दार, राहत र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गर्दै हालैको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विस्थापित भएकाहरुको उद्दार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाली कां‌ग्रेस कोशी प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कां‌ग्रेस कोशी प्रदेशका प्रवक्ता यदु बिष्टले राजधानीबाट कोशी प्रदेश आउन चाहने तर सवारी साधन र हवाइ टिकट नपाएर अलपत्र परेका यात्रुलाई तत्काल प्रदेशसम्म ल्याउने वातावरण निर्माण गर्न कोशी प्रदेश सरकारसंग मागसमेत गरेका छन् ।

बिष्टले बाढी पहिरोको कारण अवरुद्ध राजमार्ग खुलाउन, विद्युत र संचार सेवा चालु गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउदै जिल्ला र गाउँ तहका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई तत्काल उद्धार तथा राहत वितरणमा सहभागि हुन आह्वानसमेत गरे । 

यसैगरी मुलुकमा बढ्दै गएको भ्रष्टाचार, महँगी र कालोबजारी नियन्त्रणका लागि उचित कदम चाल्न कां‌ग्रेसले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । कालोबजारी नियन्त्रणका लागि उपभोक्ताहरु स्वयं सचेत हुनुपर्नेसमेत बताइएको छ । 

भर्खरै बनेको एमाले कांग्रेसको संयुक्त सरकारलाई निरन्तरता दिनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता यदु बिष्टले दलहरुले सहअस्थित्वको भावनालाई आत्मसात् गरेर अघि बढ्नु पर्ने उल्लेख गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ