arrow

भौतिक मन्त्रालयको पत्रकार सम्मेलन

रात्रिकालीन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्यो [भिडियो]

नियमित भाडाभन्दा बढी लिए अनुगमन गर्न अनुगमन संयन्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
devendra-dahal-06-18.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्व सूचना विपरीत यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालीन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताए । 

उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरूले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको बताए । उनले वैकल्पिक राजमार्गबाट यात्रुहरूलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वाभाविक भएको भन्दै अत्यधिक भाडा बढाएमा भने अनुगमन हुने बताए । 

उनले भने – ‘यातायातको शुल्कको सम्बन्धमा अलि घुमाएर लादाखेरी अलिअलि हामीले आँखा पनि चिम्लिदिएका छौँ । सिधा बाटोको साटो अलिकति घुमाएर लाँदा थोरै शुल्क बढायो भने त त्यसलाई आँखा चिम्लिन सकिन्छ तर अत्यधिक बढायो भने त्यसको अनुगमन गर्नपर्छ । नियमित भाडाभन्दा बढी भयो भने त्यसको अनुगमन गर्नका लागि हामीले अनुगमन संयन्त्र पनि बनाएका छौँ । नेपाल प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै पनि किन बस आयो र यस्तो दुर्घटना भयो भन्ने कुराको सन्दर्भमा हामी गम्भीर नै भएका छौँ । किन त्यस्तो भयो ? सम्बन्धित प्रहरी, जहाँबाट गाडी छोड्नुपर्थ्यो त्यहाँबाट किन छोडियो भन्ने सन्दर्भमा खोजीको विषय भएको छ र त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया पनि अगाडी बढेको छ । किनभने पानी परेको बेलामा रातिको समयमा गाडी नचलाउनु भनेर अलर्ट गरिसकेको अवस्थामा पनि त्यस्तो स्थिति भयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ