arrow

नयाँ कीर्तिमान रच्यो सुनको भाउले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । 

यसअघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । 

बिहीबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको मूल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ