arrow

सशस्त्रका तीन कर्मचारी भन्सार नतिरी सामान ल्याउन खोज्दा कारबाहीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन  खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीलाई कारबाही  प्रक्रिया अगाडि बढाइएको छ ।

अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवरलाई नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडि बढाएको हो ।

त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरुलाई नं ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो  । 

यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनावश्यक दुःख दिएको र पैसासमेत असुलिएको भन्ने गुनासोका आधारमा नं ३४ गण कैलालिले सुक्ष्म निगरानी गरेको छ । 

यसैगरी सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुःख हैरानी दिनेतर्फ ध्यान दिँदै सशस्त्र प्रहरीका अधिकृतहरुले सादा पोषाकमा खटिएर अनुगमनसमेत गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ