arrow

मुख्यमन्त्रीलाई कोशी कांग्रेसले बाढीपहिरो प्रभावितलाई तत्काल राहत दिन माग गर्दै बुझायो ज्ञापनपत्र

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ असोज २० आइतबार
koshi-congress-demand-81-6-.jpg

मोरङ । बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराई क्षति भएका भौतिक संरचनाहरुको तत्काल पुनर्निर्माणको माग गर्दै नेपाली कांग्रेस कोशीले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस कोशी प्रदेशले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा असोज ९ देखि १२ सम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशमा मात्रै २० जनाको मृत्यु , ७ जना बेपत्ता र ६२१ घरपरिवार विस्थापित भएको उल्लेख गर्दै मृतकको परिवारलाई राहत, घाइतेलाई निःशुल्क उपचार, बेपत्ताको खोजी र विस्थापितहरुलाई पुनर्स्थापनाको माग गरिएको कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु बिष्टले बताए ।

दलका सभापति एवं संसदीय दलका नेता उद्धव थापाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बाढीबाट भएको क्षतिको विस्तृत विवरण र तत्काल राहत एवं पुनर्निर्माणका लागि विभिन्न मागहरू प्रस्तुत गरिएको छ । नेपाली कांग्रेस कोशी प्रदेशले यो विपत्तिको घडीमा प्रदेश सरकारले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ । चाडपर्वको समयमा आएको यो प्राकृतिक विपत्तिले थप चुनौती सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत, घाइतेको उपचार र भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि ठोस निर्णय गर्ने जानकारी दिएको प्रवक्ता बिष्टले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ