arrow

बजारको अनुगमन गरे आपूर्तिमन्त्रीले

सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
DAMODAR-BHANDARI-anugaman.jpg

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् ।


आईतवार अपरान्ह सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन् । बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको निस्कएका हुन् । 

उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए । 

मन्त्री भण्डारीले भने, ‘तरकारी बजारको अहिले हामी अनुगमनको क्रममा छौं । सम्बन्धित अधिकारीहरु हुनुहुन्छ । उहाँहरुले हेर्नुहुन्छ । उहाँहरुसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरुले कति प्राईसमा विक्रीवितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरु हेरेर हामी बजार मूल्य तोक्छौं ।’ 

यसैबीच उपभोक्ताहरुले पनि तरकारी तथा फलफूलको मूल्य दशाँै गुणा बढाएको भन्दै व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ