arrow
ADVERTISEMENT

यसपालि हिले दशैँको सम्भावना, टीकाका दिन पनि वर्षा हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
meteorological-forcasting-d.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् । 

“यसपटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दशैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ