arrow

इजरायली हवाई आक्रमणमा लेबनानमा ११ जनाको मृत्यु, अहिलेसम्म गयो दुई हजारको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
israel-lebanon-attack-24-10.jpg
तस्बिर – एपी ।

बेरुत । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् ।
   
दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा सिभिल डिफेन्सका १० सदस्यको मृत्यु भएको अज्ञात नागरिक सुरक्षा स्रोतले बताएको छ ।
   
स्रोतका अनुसार पीडितहरूको शव दक्षिणी लेबनानको नाबातिह सहरको अस्पतालमा सारिएको छ । साथै पूर्वी लेबनानको कलिया सहरमा रहेको एउटा घरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको र तीन जना घाइते भएको लेबनानी रेडक्रसको स्रोतले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा गहन आक्रमण गरेको छ । यसको परिणामस्वरूप कम्तीमा दुई हजार जनाको मृत्यु भएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ