arrow

इमरान हाशमी शुटिङका क्रममा घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
imran-hashmi-accident-shooting.jpg

काठमाडौँ । बलिवुड अभिनेता इमरान हाशमी फिल्म शुटिङका क्रममा घाइते भएका छन् । हाशमी तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका ​​क्रममा गम्भीर घाइते भएका हुन् । 

हाशमीले आफ्नो स्टन्ट गर्ने क्रममा घाँटीमा चोट लागेको बताइएको छ । यसको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादू देखाउन तयार रहेका छन् । उनले चाँडै नै साउथको सुपरहिट फिल्म ‘गुडाचरी’ को दोस्रो भागमा देखिनेछन् । 

यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ