arrow

आयो मेलम्ची

उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु, उपत्यकावासीलाई दिन बिराएर दिइने [भिडियो]

दिन बिराएर मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्री यादवको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
melemchi-water.jpg

काठमाडौँ । काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण शुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरी जलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गरे । 

गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दशैँको अगाडि नै पानी पथान्त्रण शुरु गरिएको हो । खानेपानीमन्त्री यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन्। 

उनले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भने पनि अहिले मानिसहरूको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए । उनले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए । उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जनाए । पानी ल्याउन धेरै चुनौती र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरूको माग दशैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताए । 

उनले भने, ‘काठमाडौं उपत्यकावासीको जुन सपना थियो, हिमालको पानी, मेलम्चीबाट निस्किएको पानी खान पाउँछ र त्यसको लागि मेलम्ची विकास समितिले अर्बौँ रुपैयाँ लगाएर ट्रनेल बनाएको थियो । शुद्ध खानेपानी काठमाडौंवासीलाई दिइरहेको थियो । तर २०७८ सालको बाढीले र पहिरोले गर्दा धेरै क्षति भयो । स्थानीयवासीको पनि अवरोध भयो । त्यसले गर्दा कहिले खुल्ने र कहिले बन्द हुने अवस्था भयो । वर्षाको कारणले गर्दा ४ महिना बन्द हुने स्थिति आयो । यो ४ महिनादेखि बन्द नै थियो । आज दशैँअघि प्रतिबद्धता गरेका थियौँ, पानी काठमाडौं पथान्तरण गर्ने त्यो वाचा पूरा गरेका छौँ । अब काठमाडौं उपत्यकावासीको घरघरमा यो पानी पुग्छ । त्यसको लागि केयुकेएललाई अनुरोध गरेका छौँ । सबै मोनिटर गरेर जनताको घरघरमा पानी वितरण गर्नुस् भनेका छौँ । यसमा १७ करोड लिटर पानी आउँछ । यो सबै काठमाडौं उपत्यकामा जान्छ । यो पानीले गर्दा खास गरेर काठमाडौं उपत्यकावासीको लागि कमसेकम दुई दिन बिराएर दिने योजना छ । मैले एक दिन बिराएर दिन आग्रह गरेको छु । पानी ल्याउन धेरै चुनौती र कठिनाइ भयो । हेलम्बुका प्रभावितहरू आन्दोलनमा थिए । स्थानीय जनप्रतिनिधिहरू आन्दोलनमा थिए । उनहरूसँग वार्ता गरेर, उनहरूलाई विश्वासमा लिएर पानी ल्याएका छौँ । अब अर्को बर्सात नआउन्जेल निरन्तर पानी आउँछ । आन्दोलन त उनहरूले आंशिक रूपमा स्थगित गर्नुभएको छ । उनहरूले माग पूरा भएन भने तीन महिनामै आन्दोलन गर्छौँ भनेका छन् । उनहरुको जायज माग हामी दशैँपछि बोलाएर राय, सल्लाह लिएर गर्न सक्ने कुरा अघि बढाउँछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ